
चीनले केही विदेशीहरूलाई देशमा प्रवेश गर्न दिनका लागि सीमा खुकुलो बनाउन लागेको छ तर उनीहरूले चीनमा बनेको कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेछ ।
कोरोना संक्रमण फैलिन नदिन धेरै विदेशीहरूलाई गत मार्च महिनादेखि चीन प्रवेश गर्न दिइएको छैन । यसले चीनमा जागिर खानेहरू र परिवार हुनेहरू बाहिरै अड्किएका छन् ।
तर अमेरिका, भारत र पाकिस्तान लगायतका धेरै मुलुकका चिनियाँ दूतावासहरूले सूचना जारी गरेर चिनियाँ खोप लगाएका मानिसका लागि भिसा आवेदन खुलेको बताएका छन् ।
जागिरमा पुनः जानका लागि, व्यापारिक प्रयोजनको भ्रमण वा परिवारका सदस्यसँग पुनर्मिलन लगायतका मानवीय आवश्यकताका लागि मात्र प्रवेशाज्ञा आवेदन खुला गरिएको हो ।
चीनमा कोरोनाविरुद्ध चारवटा खोप बनेका छन् र देशको ठूलो जनसंख्यालाई त्यही खोप दिन लागिएको छ । चीनले कुनै पनि विदेशी खोपलाई स्वीकृति दिएको छैन ।
आफूले बनाएको खोप उसले विदेश निर्यात पनि गरिरहेको छ ।