०७ साउन २०८३, बिहीबार

पाकिस्तानमा बलात्कारीलाई केमिकल कास्ट्रेसन गर्ने प्रस्ताव, कत्तिको प्रभावकारी ?

चैत ३, २०७७
पाकिस्तानमा बलात्कारीलाई केमिकल कास्ट्रेसन गर्ने प्रस्ताव, कत्तिको प्रभावकारी ?

यौन दुर्व्यवहार तथा बलात्कारका अपराधीलाई पाकिस्तानले केमिकल कास्ट्रेसनको सजाय दिने सोच बनाइरहेको छ । 

केमिकल कास्ट्रेसन भन्नाले चिकित्सकको भाषामा एन्टी लिबिडिनल उपचार हो । अर्थात्, पुरुषलाई औषधि दिएर टेस्टोस्टेरोन (आवेग) घटाउने काम हो । 

‘यसले काम गर्ने संकेतहरू पाइन्छन् तर यो कत्तिको प्रभावकारी छ भन्ने विषयमा ठोस प्रमाण छैन,’ जर्मनीका स्नायुचिकित्सक तथा फरेन्सिक मनोचिकित्सक युर्गेन मुलरले बताए । 

अहिलेसम्म यस उपचारको सफलतालाई मूल्यांकन गरिएको कुनै अन्तर्राष्ट्रिय अध्ययन गरिएको छैन ।

तर जर्मनी लगायतका युरोपेली मुलुकहरूले सम्भावित तथा कसूरदार बलात्कारीलाई सजायका रूपमा नभई उपचारका रूपमा कास्ट्रेसन गर्ने गरेका छन् । 

पाकिस्तानमा यौन दुर्व्यवहारको सजायका लागि केमिकल कास्ट्रेसन भित्र्याउने विषयमा बहस चलिरहेको छ । 

पाकिस्तानको फौजदारी संहितामा बलात्कारी र बालयौन दुराचारीका लागि आजीवन कारावास तथा मृत्युदण्डको सजायको व्यवस्था छ । 

तर देशमा बलात्कारका घटना बढ्न थालेपछि थप सजायका व्यवस्था गर्न माग उठेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्