×

NMB BANK
NIC ASIA

पार्टी ब्युँतिएको दुई सातामै भाँडभैलो

'मुठभेड'को दिशामा एमाले– बालुवाटारबाट चेतावनी, सानेपाबाट चुनौती !

चैत ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको दुई हप्तामै संसद्को सबैभन्दा ठूलो एवं सत्तारुढ दल एमालेका दुई पक्ष मुठभेडको दिशामा अघि बढेको संकेतहरू देखिएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरीत गतिविधि नरोके कारवाही गर्ने चेतावनी दिइरहँदा यता वरिष्ठ नेता झलनाथ खनाल-नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले खनाल-नेपाल पक्षलाई लक्षित गर्दै पार्टीविरोधी गतिविधि नरोके कारवाही गर्ने चेतावनी दिए ।


Advertisment
Nabil box
Kumari

‘सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ ३ अगाडि फर्कियो भन्दा छुट्टै भेला गरेर निहुँ खोजिएको छ । राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने अरे,  कसैले अर्को पार्टी कमिटी बनाउन सक्छ समानान्तर कमिटी होइन । अराजकता, अनुशासनहीनता जस्ता एकताविरोधी कुरामा छूट हुने छैन । अचाक्ली भयो ।’

Vianet communication
Laxmi Bank

एमाले पुन:स्थापित भएको ५ दिनपछि फागुन २८ गते ओलीले बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर पूर्व माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाए ।

ओली पक्षीय सदस्यहरू मात्र उपस्थित बैठकले महाधिवेशनको नयाँ मिति तोक्नेदेखि खनाल-नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीविहीन बनाउने निर्णय समेत लियो ।

उक्त बैठकबारे आफूहरूलाई जानकारी समेत नदिइएको खनाल-नेपाल पक्षको आरोप छ ।

ओलीको निर्णय लगत्तै बैठक बसेर खनाल-नेपाल पक्षले देशभर समानान्तर कमिटी बनाउने निर्णय गर्‍यो । सातवटै प्रदेशमा संयोजक तोकेर खनाल-नेपाल पक्षले ओलीमाथि दबाब बढाउने रणनीति लिएको देखिन्छ ।

त्यस्तै बुधवार र बिहीवार काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेर खनाल-नेपाल पक्षले आफूहरू पनि चुप नबस्ने संकेत गरिसकेको छ ।

सानेपास्थित एक होटलमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू कारवाही भोग्न तयार रहेको बताए ।

भट्टराईले कारवाहीले पार्टी अगाडि नबढ्ने भन्दै धम्कीको भाषा नबोल्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

‘हामी सबै एकपछि अर्को कारवाही भोग्न लामबद्ध नै छौं, त्यो अहंकारपूर्ण अभिव्यक्ति नबोल्न आग्रह गर्छु,’ भट्टराईले भने । 

विकसित घटनाक्रमले पार्टी विभाजनको दिशातर्फ उन्मुख भएको संकेत गर्ने भन्दै एमाले कार्यकर्ताहरू निराश छन् । ओली र खनाल-नेपाल दुवै पक्ष कोभन्दा कोकम भन्दै अघि बढिरहेका छन् ।

असफल वार्ता प्रयास

अर्थमन्त्री समेत रहेका ओलीका विश्वासपात्र विष्णु पौडेल र नेता नेपालका तर्फबाट योगेश भट्टराईलगायतका नेताहरूको पहलमा सोमवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पक्षबीच छलफल भयो ।

२ घण्टाभन्दा बढी समय लिएर ओली र नेपाल दुवै नेताहरूले मन माझामाझ गर्ने प्रयास गरेका थिए, तर मिलेर जाने प्रयास सफल हुन सकेन ।

छलफलपछि बाहिर निस्केका नेता नेपालले शुरूमा मीठो कुराकानी भएपनि अन्त्यमा छलफल टर्रो भएको प्रतिक्रिया दिएका थिए ।

छलफलमा ओली र उनका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका एमालेका महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री मन्त्री पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सुवासचन्द्र नेम्वाङ थिए भने नेपालका तर्फबाट नेपालसँगै भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

ओलीनिकट नेताहरूले छलफल सौहार्दपूर्ण रहेको दाबी गरिरहेका बेला नेपाल पक्षका नेताहरूले भने कुरा मिल्न नसकेको प्रतिक्रिया दिएका थिए ।

फागुन २८ गतेको बटमलाइन

नेपाल समूहले फागुन २८ गते गरिएका निर्णयहरू खारेजीको माग गरेको छ । मंगलवार सानेपास्थित हेरिटेज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उपस्थित एक नेताले लोकान्तरसँग अनौपचारिक कुरा गर्दै भने, '२८ गते गरिएको निर्णय खारेज गर्नुपर्ने हाम्रो बटमलाइन हो । त्यसभन्दा दायाँबायाँ हामी हुँदैनौँ । ती निर्णयहरू खारेज भएनन् भने पार्टी एक रहन नसक्ने परिस्थिति निर्माण गरिएको भनेर हामीले बुझ्नुपर्ने हुन्छ ।'

तर प्रधानमन्त्री ओली भने आफूले गरेको निर्णय खारेजीको बारेमा एक शब्द पनि सुन्न चाहन्नन् । २८ गते आफूनिकट केन्द्रीय कमिटी सदस्यहरूलाई बोलाएर महाधिवेशनको नयाँ मिति तय गरेका थिए भने विधानका कतिपय धाराहरू निलम्बन गरेर २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

नेपाल समूहका केही नेताहरूलाई कारवाहीस्वरूप जिम्मेवारीविहीन समेत बनाइएको थियो । मंगलवार आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको बैठकमा नआउने तर अन्त बैठक बस्दै हिँड्नेलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।

'२८ गतेको निर्णयबाट हामी पछि हट्ने कुरै हुँदैन,' ओली समूहका एक नेताले लोकान्तरसँग भने, 'हामीले माओवादीबाट आएका साथीहरूको व्यवस्थापन गर्न विशेष बैठक राख्न आवश्यक थियो । त्यो राख्यौं अनि निर्णय गर्‍यौं । अर्को पार्टीबाट आएकाहरूलाई स्वागत नगर्ने ? जिम्मेवारी नदिने ?'

महाधिवेशनदेखिकै समस्या

एमालेमा नवौं महाधिवेशनलगत्तै समस्या देखिन शुरू भएको थियो । नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नीति र नेतृत्व अलग-अलग भएकाले समस्या देखिएको लोकान्तरलाई बताए ।

'महाधिवेशनले नीति एउटा चुन्ने र नेतृत्व अर्कै चुन्ने खालको परिस्थिति सिर्जना गर्‍यो,' भुसालले भने, 'नेताले नीति नचिन्ने र नेताले नीति नचिन्ने अवस्था सिर्जना भएपछि समस्या आउनु स्वाभाविक थियो ।'

भुसालले महाधिवेशनले गरेका निर्णयहरू अध्यक्ष ओलीले कार्यान्वयन नगर्दा समस्या आएको दाबी गरे । 'नेता एउटा र नीति अर्को भएपनि नेताले नीतिको कार्यान्वयन गरेर महाधिवेशनले दिएको कार्यभार पूरा हुन्छ कि भन्ने हामीले सोचेका थियौं । महाधिवेशनको निर्णय नेताले कार्यान्वयन गर्दैनन् भनेर सोचिएन । यसलाई ओलीजीले समाउन सक्नुभएन,' उनले भने ।

२०७१ सालमा भएको नवौं महाधिवेशनमा नेता नेपाल पनि अध्यक्षका प्रत्यासी थिए । उनले ओलीसँग झिनो मतले चुनाव हारे ।

एमालेमा दुई प्यानल बनेर चुनाव भएको भएपनि कार्यकर्ताहरूले दुवै प्यानलका पदाधिकारीलाई लगभग बराबरीको हैसियतमा भोट दिएका थिए ।

प्रतिनिधि सभामा १ सय २१ जना सांसदको प्रतिनिधित्व रहेको एमालेको नेपाल समूहमा ४० को हाराहारीमा सांसद रहेको बताइन्छ । पदाधिकारीमा नेपाल समूहको बहुमत छ भने केन्द्रीय सदस्यको संख्या हाराहारीमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x