०२ असार २०८३, मंगलबार

किन ढिला भयो प्रधानमन्त्रीले सम्वोधन गर्ने भनिएको संसद बैठक ?

कात्तिक २०, २०७४
किन ढिला भयो प्रधानमन्त्रीले सम्वोधन गर्ने भनिएको संसद बैठक ?

काठमाडौं जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्ने भनिएको व्यबस्थापिका संसद बस्न ढिलाइ भएको छ । प्रमुख प्रतिपक्षी दलले अबरोध गर्ने चेतावनी दिएपछि दिउँसो ३ बजे बस्ने भनिएको बैठक सवा ४ बजेसम्म सुरु हुन सकेको छैन ।

सहमतिको प्रयास स्वरुप संसद भवनमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल भइरहेको छ ।

तराईमा स्थानीय तहको संख्या थपेको विरोधमा एमालेले संसद बैठक अबरुद्ध गर्ने चेतावनी दिएको छ । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले तीन दलबीच छलफल जारी रहेकोले बैठक बस्न ढिलाइ भएको लोकान्तरलाई बताए ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे सम्म र १ बजेका लागि बोलाइएको बैठक पुनः ३ बजे सम्मका लागि सारिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्