
काठमाडौं, ९ जेठ — फेसबूकले अब फूड डेलिभरी अप्सन ल्याउन लागेको बताएको छ । यो अप्सन एप र वेब दुवै भर्जनमा उपलब्ध हुनेछ ।

तर अहिले तत्कालका लागि यो अमेरिकाका केही युजरहरूका लागि मात्र उपलब्ध हुनेछ ।
फेसबूक डेस्कटपमा यो फीचर एक्स्प्लोर सेक्सनमा उपलब्ध हुनेछ । एपमा ह्याम्बर्गर आइकन क्लिक गरेर फूड अर्डर फीचर प्रयोग गर्न सकिन्छ । त्यहाँ क्लिक गर्दा नजिकैको रेस्टुराँको अप्सन उपलब्ध हुन्छ र त्यहाँबाट तपाईंले खाना अर्डर गर्न सक्नुहुन्छ ।
रेस्टुराँको सूचीबाट तपाईंले कुनै पनि कुरा सेलेक्ट गर्न सक्नुहुन्छ । त्यहाँ मेनु अप्सन उपलब्ध हुन्छ र त्यसैबाट तपाईंले छान्न सक्नुहुन्छ । त्यहीँ पेमेन्टको विकल्प पनि भेटिन्छ । फूड अर्डरका लागि अर्को कुनै एप चाहिँदैन ।
फूड अर्डर गराउने एपहरूलाई फेसबूकबाट ठूलै चुनौती तेर्सिएको छ । यो फीचर कत्तिको सफल हुन्छ, भविष्यले नै बताउनेछ ।
एजेन्सी