काठमाडौं, ९ जेठ –काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो अपडेट अनुसार नेकपा एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले माले ३९ हजार ३ सय २ मत ल्याएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले कांग्रेस २८ हजार १ सय १६ मत ल्याएका छन् ।
त्यस्तै, विवेकशिल नेपाली पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १४ हजार ६ सय २२ मत ल्याएकी छिन् । साझा पार्टीका किशोर थापाले ११ हवार १ सय १० मत ल्याएका छन् । माओवादी केन्द्रका सर्वोत्तममान डंगोलले ४ हजार ३ सय २७ मत ल्याएका छन् ।