२३ असार २०८३, मंगलबार

लालबाबु पण्डित, तुलसी थापा र चौधरी गंगा ओली पक्षको बैठकमा उपस्थित

लालबाबु पण्डित, तुलसी थापा र चौधरी गंगा ओली पक्षको बैठकमा उपस्थित

नेकपा एमालेका सांसदहरू लालबाबु पण्डित, तुलसी थापा र गंगा चौधरी लगायत संसदीय दलको बैठकका लागि बालुवाटार पुगेका छन् ।

यसअघि कतै पनि सहभागी नभएका लालबाबु पण्डित संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका हुन् ।

वामदेव गौतमकी पत्नी कुमारी तुलसी थापा तथा यसअघि माधवकुमार नेपाल समूहमा रहेकी गंगा चौधरी सत्गौवा पनि बैठकमा उपस्थित भएकी छन् । 

संसदीय दलको बैठक केहीबेरमा बालुवाटारमा शुरू हुँदैछ । बैठकमा सहभागी हुनका लागि सूर्य चुनाव चिह्नबाट लडेका सबैलाई अनिवार्य उपस्थितिको लागि ह्वीप जारी गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्