०४ साउन २०८३, सोमबार

सूचनामार्फत संसद बैठक स्थगित, टर्यो प्रधानमन्त्रीको सम्बोधन

कात्तिक २०, २०७४
सूचनामार्फत संसद बैठक स्थगित, टर्यो प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं ९ जेठ –दलहरूबीच संसद बैठक संचालनमा सहमति जुटन नसकेपछि मंगलवार बस्ने भनिएको संसद बैठक सूचनामार्फत स्थगित भएको छ ।

सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बुधवार बिहान ११ बजे सम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिए । दिउसो ३ बजेका लागि बोलाइएको संसदो बैठक साझ ७ बजे सूचना टासेर स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी थियो ।

सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै नेकपा एमालेले संसदको बैठक अबरुद्ध गर्ने चेतावनी दिएपछि बैठक सुरु हुन नसकेको हो । प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीले छुट्टाछुट्टै परामर्श गरेपनि एमाले संसद अवरोध गर्ने अडानबाट पछि नहटेपछि संसदको बैठक सूचना मार्फत स्थगित गरिएको हो ।

संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउसो ३ बजे नै संसद भवन नयाँ वानेश्वर पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्