०८ असार २०८३, सोमबार

होटलमा आगलागी हुँदा ५ लाख बढीको क्षति

चैत ५, २०७७
होटलमा आगलागी हुँदा ५ लाख बढीको क्षति

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेस्टुरेन्ट एण्ड लजमा आगलागी  हुँदा ५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आएको होटलमा बालिएको अगरबत्तीबाट बुधवार राति आगलागी भएको हो ।

आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टीभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताए ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्