
नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनका लागि प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको बैठकबाट विधान संशोधनका सांसद शेरबहादुर तामाङ, मुख्य सचेतक विशाल भट्टराई र राष्ट्रिय सभाकी सदस्य विमला राई पौडेल रहेको कार्यदल गठन गरिएको छ ।
बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरूलाई आह्वान गर्ने निर्णय गरिएको छ । पार्टी कार्यक्रममा नआउनेलाई विधान अनुसार स्पष्टीकरण सोधिने र कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।
राष्ट्रिय कार्यकर्ता भेलासँग बैठक जुघेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह दलको बैठकमा सहभागी भएको थिएन ।