०८ असार २०८३, सोमबार

दाङमा ३ चरणमा २८ हजार ७९३ जनालाई कोरोना विरुद्धको खोप

चैत ५, २०७७
दाङमा ३ चरणमा २८ हजार ७९३ जनालाई कोरोना विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

दाङमा कोभिड –१९ विरुद्धको खोप ३ चरणमा लगाइएको छ ।

जिल्लामा ३ चरणमा २८ हजार ७९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सरकारले प्राथमिकताका आधारमा ३ चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरू गरेको थियो । 

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी ३ हजार ५४६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । 

गत फागुन २३ गतेदेखि दोस्रो चरणमा कर्मचारी, पत्रकार र जनप्रतिनिधि गरी ४ हजार ३३३ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

फागुन २० गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी ३ अस्पतालका खोप केन्द्रमा खोप लगाइएको तथा दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका १०८  स्वास्थ्यचौकीमध्ये ७० स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्