
पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७१ हजार ६१० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५२ संक्रमित निको भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या ३ हजार १५ पुगेको छ ।