०२ असार २०८३, मंगलबार

छोरी बलात्कार गर्नेलाई २५ वर्ष जेल

छोरी बलात्कार गर्नेलाई २५ वर्ष जेल

छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का एक जनालाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निजले बलात्कार गरेको ठह¥याएर सजाय सुनाएका हुन् ।

 गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने अभियुक्तकी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्