०४ असार २०८३, बिहीबार

केराउ, मरिच, छोकडा र सुपारी आयातमा लगाइएको प्रतिवन्ध खुल्यो

चैत ६, २०७७
केराउ, मरिच, छोकडा र सुपारी आयातमा लगाइएको प्रतिवन्ध खुल्यो

सरकारले केराउ, मरिच, छोकडा र सुपारी आयातमा लगाएको प्रतिवन्ध खुला गरेको छ ।
एक वर्ष अघिदेखि प्रतिवन्ध लगाइएका ती वस्तुको परिमाणात्मक बन्देज कायम राख्दै आयात खुला गरिएको हो । सरकारले गत वर्ष चैत १६ गते चारै वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । ती वस्तुको आयात खुला गर्दा ठूलो रकम ठूलो विदेश जाँदा व्यापार घाटा बढ्न सक्ने भन्दै सरकारले आयातमा रोक लगाएको थियो । अहिले परिमाणात्मक बन्देज कायम राखेर आयात खुला गरेको उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
आयात खुला गरेपनि व्यवसायीले तोकिएको परिमाणभन्दा बढी आयात गर्न पाउँदैनन् । मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशित गरेपछि कति परिमाणसम्म ती वस्तु आयात गर्ने पाउने भन्ने बारेमा जानकारी हुनेछ । कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्