१९ असार २०८३, शुक्रबार

अवैधरूपमा ल्याइएको सालको गोलिया बरामद

अवैधरूपमा ल्याइएको सालको गोलिया बरामद

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ४२ वर्षीय यज्ञबहादुर खड्काको घरबाट अवैधरूपमा सामुदायिक वनबाट ल्याइएका सालका काँचा ७३ क्यूविक फुट गोलिया बिहीबार बरामद गरिएको छ ।

सबडिभिजन वन कार्यालय अत्तरिया कैलालीको टोलीले गोप्य सूचनाका आधारमा गोदावरी नगरपालिका–३ महिला सामुदायिक वन चौकीडाँडाबाट अवैधरूपमा चोरी गरी ल्याइएका गोलिया बरामद गरिएको हो । बरामद गोलिया सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्