२४ असार २०८३, बुधबार

प्रतिनिधि सभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

प्रतिनिधि सभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

शुक्रवार बस्ने प्रतिनिधि सभा बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गर्ने भएका छन् ।

पुनःस्थापित प्रतिनिधि सभाका तीनवटा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएका थिए । 

शुक्रवार दिउसो १ बजेका लागि बोलाइएको बैठकमा दलीय आधारमा सम्वोधनको लागि समय छुट्याइएको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो ।

नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवालीले बोल्ने छन भने कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म नाम दिएका छैनन् । 

प्रतिनिधि सभा बैठकको लागि पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यसूची छन् । फागुन २३ गते शुरु प्रतिनिधि सभाको शुरुको बैठक अवरुद्ध भएको थियो भने दुइ बैठक शोक प्रस्ताव पारित गरेर टुंगिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्