०७ असार २०८३, आइतबार

राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ । 

अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो । 

यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो । 

राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ।

राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता गरेका थिए।

नमस्ते पेले अनुमति पाएसँगै सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे बनेको छ। उक्त कम्पनीको सबै सेटलमेन्ट राष्ट्रिय वाणिज्य बैंकले गर्ने छ।

अब नमस्ते पे प्रयोग गरेर एनटीसीका ग्राहकहरुले ब्यालेन्सबाटै विभिन्न युटिलिटीसहित अन्य प्रकारका भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्