०६ असार २०८३, शनिबार

नेपाली बजारमा जावा–पेराकको 'इन्ट्री', कस्तो छ विशेषता ? कति छ मूल्य ?

नेपाली बजारमा जावा–पेराकको 'इन्ट्री', कस्तो छ विशेषता ? कति छ मूल्य ?

क्लासिक लिजेन्ड्सको आधिकरिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंंक प्रालिले नेपाली बजारमा जावा पेराकको सार्वजनिक गरेको छ । 

बीएस–६ इन्जिनयुक्त यस मोटरसाइकलको शुरूवाती मूल्य ७ लाख ५० हजार कायम गर्दै कम्पनीले यसलाई सार्वजनिक गरेको हो । 

यस मोटरसाइकलमा बीएस–६ ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्वड–कुल्ड डीओएचसी इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पादन गर्छ । 

यसको इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ । 

यो मोटरसाइकल जावा र जावा फोर्टी–२ भन्दा ठूलो बोरका कारण शक्तिशाली भएको कम्पनीको दावी छ । 

स्टाइलअनुसार पेराक बबर मोटरसाइकल हो । यो मोटरसाइकल ट्वीटेड चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । 

यसमा फ्लोटिङ सिंगल सीट छ, जसको मुनी गोलो आकारको ब्रेकलाइटसमेत राखिएको छ । 

पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप तथा त्रिकोणीय उपकरण बक्स समावेश छ । 

पेराकको अगाडि भागमा सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ ।

दुवै पाङ्रामा सिंगल डिस्क ब्रेक रहेको छ । यस मोटरसाइकलमा डुअल च्यानल एबीएस पनि दिइएको छ । 

मोटरसाइकल सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा जावा मोटरसाइकल नेपालका महाप्रबन्धक शरद मिश्रले शहर र राजमार्गहरूमा हाँक्नका लागि यो मोटरसाइकल निकै उपयोगी हुने बताए

जावा मोटरसाइकल नेपालमा गत असोज २७ गते सार्वजनिक गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्