२१ जेठ २०८३, बिहीबार

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परिक्षार्थी उत्तीर्ण भएका छन् ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागी रहेका थिए ।

सबै प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन हुने गरको छ ।  

salt training

कमेन्ट गर्नुहोस्