
पूर्वराष्ट्रपति डा रामवरण यादवले महिला शिक्षित भए समाज शिक्षित हुने बताएका छन् । आज आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उनले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताए ।
ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाति, मुस्लिम समुदायका महिला अझै अशिक्षित हुँदा समाजमा विकास हुन नसकेको भन्दै उनले भने, “दलित, मुस्लिम, मधेशी आदिवासी समुदायका बालिका अझै शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । उनीहरुलाई शिक्षाको पहुँचमा पु¥याउन सके समुन्नत समाजको विकास हुन्छ ।”
महिला शिक्षित भएका देश विकसित भएको भन्दै उनले शिक्षाले विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । कन्या कलेजले महिलाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यादवले शिक्षा विनाको समाजको अभ्यास गर्न नसकिने टिप्पणी गरे ।