माघ २९, २०८०
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा आज सम्पन्न भएको आँखा शिविरमा १२१ को मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । नमोबुद्ध नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरीको संयुक्त सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा दुईदिने शिविरमा नगरपालिकाका नागरिकहरूले सो सेवा लिएका हुन् ।
शल्यक्रिया शिविर सञ्चालन गर्नु अगाडि नमोबुद्ध नगरपालिकाका विभिन्न सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । सो क्रममा एक हजार २७० जनाको आँखा परीक्षण र उपचार गरिएकोमा १७४ को शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । त्यसबेला मोतियाविन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । दुई दिनसम्म सञ्चालन भएको शिविरमा शल्यक्रिया गर्न नभ्याएका बाँकी बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा लगेर निःशुल्क शल्यक्रिया गराउन सक्ने नगरपालिकाले जनाएको छ । आँखाको शल्यक्रिया गर्न बाँकी ५३ लाई सो सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
अस्पतालको भकुण्डेबेँसी सेवा केन्द्रमा पहिलोपटक यतिधेरै बिरामीको एकै पटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाका महासचिव हिरामणि शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन ५२ र दोस्रो दिन ६९ को शल्यक्रिया गरिएको हो । नमोबुद्ध नगरपालिकाले विगतदेखि नै नगरभित्र मोतियाविन्दु न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानबाट नगरका सयौँ मोतियाविन्दुका बिरामी लाभान्वित भएका छन् ।
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...