२१ जेठ २०८३, बिहीबार

कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित

चैत ६, २०७७
कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित

द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म मात्रै झण्डै दुई सय जनाको मृत्यु भएको छ । 

संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरु ४० हजार मानिस विस्थापित पनि भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ ।  

राष्ट्रसंघको शरणार्थीसम्वन्धी निकायले दुखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्र्याटिक फोर्स (एडिएफ) दोषी रहेको दावी गरेको छ । 

कङ्गोमा सन् १९९५ देखि युगाण्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै  आएको छ । यस बर्ष सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ ।

घटनामा परी दर्जनौ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विषेशगरी बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको उनीहरूको भनाइ छ । 

द्वन्द्वका क्रममा महिला र बालबालिका सवैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन् । 
 
कोरोनाभाइरस र इबोलाको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमनकर्ता अधिकारकर्मीहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्