१९ असार २०८३, शुक्रबार

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री थापा पनि उपस्थित

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री थापा पनि उपस्थित

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

प्रधामनन्त्री निवास बालुवाटारमा शनिवार बसेको बैठकमा बादल सहभागी भएका हुन् ।

औपचारिक रूपमा उनी माओवादी केन्द्रका सांसद हुन् । माओवादी परित्याग गरेका थापा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

एमाले प्रवेश गरेका थापाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । शनिवारको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।

उनी यसअघिको बैठकका उपस्थित थिएनन् । माधव नेपाल र झलनाथ खनाल पक्ष भने शनिवार पनि संसदीय दलको बैठकमा उपस्थित छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्