१५ असार २०८३, सोमबार

एमालेका ३८ सांसदको हस्ताक्षर लिएर माधव–नेपाल समूहका ३ सांसद बालुवाटारमा

एमालेका ३८ सांसदको हस्ताक्षर लिएर माधव–नेपाल समूहका ३ सांसद बालुवाटारमा

संसदीय दलको बैठक बोलाउने प्रक्रिया, बैठकको स्थान लगायत विषयमा असहमति जनाउँदै माधवकुमार नेपाल समूहका ३८ जना सांसदले प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएका छन् । 

बालुवाटारमा संसदीय दलको बैठक चलिरहेको समयमा सिंहदरबारमा भेला भएर माधव–नेपाल पक्षका ३८ जनाले बालुवाटार बाहिर संसदीय दलको बैठक राख्न माग गरेका हुन् ।

‘हामीले ३८ जनाको हस्ताक्षर बुझाएर फर्कियौं, दलको बैठक बोलाउने प्रक्रिया लगायतका विषयमा असहमति राखेका छौं,’ बालुवाटारमा गएका सांसद सोमप्रसाद पाण्डेले लोकान्तरसँग भने । 

पाण्डेले प्रधामनन्त्री ओलीको हातमा पत्र थमाएको जानकारी दिए । पाण्डेसँगै जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बालुवाटार गएका थिए ।

प्रधानमन्त्री ओलीले समूहगत नभई एक्लै भेटेर कुरा गर्ने जवाफ फर्काएको पाण्डेले जानकारी दिए । माधवकुमार नेपाल समूहमा सक्रिय कृष्णभक्त पोखरेल भने शनिवार संसदीय दलको बैठकका सहभागी भएका छन् ।

माधव नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डप्रति पनि असहमति जनाएको छ । उनीहरूले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्