![प्रधानमन्त्री ओलीको हातमा पुग्यो नेपाल समूहको ५ बुँदे विरोधपत्र [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/KP_Oli_Madv_nepal_QDGQTrp2bt.png)
संसदीय दलको बैठक बोलाउने प्रक्रिया, बैठकको स्थान लगायत विषयमा असहमति जनाउँदै माधवकुमार नेपाल समूहका ३८ जना सांसदले प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएका छन् ।
बालुवाटारमा संसदीय दलको बैठक चलिरहेको समयमा सिंहदरबारमा भेला भएर माधव–नेपाल पक्षका ३८ जनाले बालुवाटार बाहिर संसदीय दलको बैठक राख्न माग गरेका हुन् ।
‘हामीले ३८ जनाको हस्ताक्षर बुझाएर फर्कियौं, दलको बैठक बोलाउने प्रक्रिया लगायतका विषयमा असहमति राखेका छौं,’ बालुवाटारमा गएका सांसद सोमप्रसाद पाण्डेले लोकान्तरसँग भने ।
पाण्डेले प्रधामनन्त्री ओलीको हातमा पत्र थमाएको जानकारी दिए । पाण्डेसँगै जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार बालुवाटार गएका थिए ।
प्रधानमन्त्री ओलीले समूहगत नभई एक्लै भेटेर कुरा गर्ने जवाफ फर्काएको पाण्डेले जानकारी दिए । माधवकुमार नेपाल समूहमा सक्रिय कृष्णभक्त पोखरेल भने शनिवार संसदीय दलको बैठकका सहभागी भएका छन् ।
माधव नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डप्रति पनि असहमति जनाएको छ । उनीहरूले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग राखेका छन् ।
पढ्नुहोस् पूर्णपाठ –




