२३ असार २०८३, मंगलबार

एमाले बैठकमा ओली– सत्ता टिकाउन अनुचित सम्झौता र सिद्धान्तहीन गठबन्धन गर्दैनौ

एमाले बैठकमा ओली– सत्ता टिकाउन अनुचित सम्झौता र सिद्धान्तहीन गठबन्धन गर्दैनौ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउने नाममा जनभावना विपरितका काम नगर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले सरकार संविधानको धारा ७६ को २ मा रुपान्तरण भएपनि सरकार टिकाउने नाममा अनुचित सम्झौता नगर्ने बताएका हुन् । 

‘फागुन २३ को सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (१) अनुसारको सरकार (२) मा रुपान्तरित भएको छ, हामी त्यही अनुसार अगाडी बढ्छौँ । सरकार टिकाउन अनुचित सम्बन्ध, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरितको काम गर्नेछैनौ,’ बैठकमा ओलीको भनाइ उदृद्ध गर्दै ज्ञवालीले भने, ‘सरकारलाई थप घेराबन्दी गरेमा फेरि कमब्याक गर्नेछौ ।’

फागुन २३ को फैसला पछिपनि एमालेको ब्यानरमा राष्ट्रिय भेला गरेर पार्टीहित विपरितको काम गरेको भन्दै बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्