३० जेठ २०८३, शनिबार

नाम हेरफेर जिम्मेवारी ओलीलाई

चैत ८, २०७७
नाम हेरफेर जिम्मेवारी ओलीलाई

एमाले केन्द्रीय कमिटी बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदको बन्दसूचीमा रहेकाको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको बताइएको छ ।


यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि सो बैठकले गरेको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्