२१ असार २०८३, आइतबार

सर्वोत्तम सिमेन्टले सम्पन्न गर्‍यो विरगंज र रौटहटमा प्राविधिक भेटघाट कार्यक्रम

सर्वोत्तम सिमेन्टले सम्पन्न गर्‍यो विरगंज र रौटहटमा प्राविधिक भेटघाट कार्यक्रम

सर्वोत्तम सिमेन्ट लि. ले विरगंज तथा रौटहटलाई केन्द्रित गरी सो क्षेत्रहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी “बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रम विरगंजमा मिति शुक्रवार तथा रौटहटमा शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा विरगंज क्षेत्रका करिब १३० ठेकेदारहरु ताथ रौटहट क्षेत्रका करिब ६५ जति ठेकेदारहरुको उपस्थिति रहेको थियो । 

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ ।

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

यसैगरी, कम्पनीका महाप्रबन्धक सुवास पाण्डेका अनुसार आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आफ्नो उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्