०८ असार २०८३, सोमबार

नेशनल सोसल वेयलफेयर अवार्डबाट युवा  व्यवसायी घिमिरे सहित अन्य व्यक्तित्वहरू सम्मानित

नेशनल सोसल वेयलफेयर अवार्डबाट युवा  व्यवसायी घिमिरे सहित अन्य व्यक्तित्वहरू सम्मानित

नेशनल सोसल वेयलफेयर अवार्डबाट युवा व्यवसायी तथा समाज सेवी रामनारायण घिमिरे सम्मानित भएका छन् ।

 सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको हाे । 

समाजसवामा विभिन्न माध्यमबाट साथ सहयाेग पुर्‍याएकाे भन्दै सिजन मिडियाले समाजसेवी तथा युवा व्यवसायी घिमिरेलाई  सम्मानित गरिएकाे जनाएको छ ।

घिमिरे चन्द्रागिरिका उदयमान व्यवसायीका साथ साथै सामाजिक क्षेत्रमा समेत कृयाशिल हुँदै आइरहेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमका विच घिमिरेलाई उक्त अवसरमा सम्मान प्रदान गरियाे ।

मन्त्री श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरेका थिए  ।

सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ्जेल र लिली थापा लगायत छन्  ।

त्यसै शिक्षा तथा समाजिक क्षेत्रमा न्यू क्रियटिम इगलिस वोडीङ स्कुल नार्गाजुन , श्रम तथा रोजगार विषयमा कलम चलाउने राससका पत्रकार असोक घिमिर, वैङकीङ तथम इन्सुरेन्स कम्पनी साथै समाजसेवीे लक्ष्मी रिजाल , सिसेज व्यूटी क्वीन तथा समाजसेवी राजनैतिक स न्तोषी शाही ठकुरी , व्यवसायी तथा समाजसेवी रोटरीयन रसुमिला श्रेष्ठ, इटहरीका वरिष्ठ पत्रकार तथा समाजसेवी गणेश निरौला, टेक्सटायल व्यापारी तथा राजनैतिक तथा समाजसेवी जाकिर हुसेन , इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी अन्तराष्ट्रिय खेलाडी रेफ्री तथा समाजसेवी पर्खिधन राई, वेलायति सेनाका मेजर तथा समाजसेवी योगेश कोयी राई साउथ वोस्टन स्टेट कलेजका भाइस प्रिन्सीपल हरिसिंह केसी , पूर्व ट्राफिक प्रहरी तथा ललितपुर महानगरपालिका प्रहरी प्रमुख सिताराम हाछेथु , समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान र एनआरएन आइसिसि केन्द्रिय उपाध्यक्ष समाजसेवी अजुन कुमार श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले  समाज सुधार र समाजका हरेक क्षेत्रमा सामाजिक अभियन्ताहरूले पुर्याएकाे याेगदान देश र राष्ट्रका लागि महत्त्वपूर्ण पाटाे रहने बताए ।  उनले  समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सरहानीय रहेको बताए  । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए  ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिन लागि परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुलुकलाई सम्पूर्ण नेपाली जनता खुसी हुने अवस्थामा पुर्‍याउनुपर्ने बताए  ।

कार्यक्रममा सिजन मिडिया अध्यक्ष प्रदिपराज वन्तले सामाजिक रूपान्तरका लागि सिजन मिडिया सधै अग्रसर हुँदै लुकेका  प्रतिभाहरू समाजकाे रूपान्तरण गर्नेहरूका लागि सधै साथ र सहयाेगका लागि लागि रहेने बताए ।

कार्यक्रममा कलाकारहरुले सांस्कृति प्रस्तुति देखाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्