२१ जेठ २०८३, बिहीबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो कोहलपुरमा सम्पत्ति शुद्धिकरण निवारण तालिम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो कोहलपुरमा सम्पत्ति शुद्धिकरण निवारण तालिम

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कोहलपुरमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । 

कम्पनीले शुक्रवार सम्पन्न गरेको तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ ।

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी उक्त तालिम प्रदान गर्नु भएको थियो।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ५ गते कार्यालय प्रमुखहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख शान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्