२२ जेठ २०८३, शुक्रबार

सिताराम पद्मकुमारी फाउण्डेसनले शुरू गर्‍यो काम

सिताराम पद्मकुमारी फाउण्डेसनले शुरू गर्‍यो काम

सिताराम पद्मकुमारी फाउण्डेसनले आफ्ना आगामी कार्यक्रम बारे जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको  छ।

 फाउण्डेसनले काठमाडौंको कोटेश्वर स्थित महादेवस्थानको लोटस पार्टी प्यालेसमा एक कार्यक्रम गरि फाउण्डेसनका आगामी गतिबिधी र कार्यक्रम सार्वजनिक गरेको हो।

समाजसेवी स्व. सिताराम ढकालको सम्झनामा उनका परिवारले भर्खरै  स्थापना गरेको यस संस्थाले स्वीकृत विधान बमोजिम मानवीय र सामाजिक सेवाका विविध क्षेत्रमा कार्य गर्ने जनाएको छ।

स्व. ढकालका सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने कुरा उनका जेष्ठ सुपुत्र प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले बताए । उहाँका अनुसार यस संस्थाले शैक्षिक, जेष्ठ नागरिक, बालबालिका, युवा, खेलकुद, स्वास्थ्य, कृषि, वातावरण लगायतका क्षेत्रमा जनहितकारी कार्यक्रमहरु संचालन गर्ने छ ।

संस्थाका अध्यक्ष विश्वमणी गौतमको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा पुर्व मन्त्री टंक ढकालले स्व. ढकाललाई आफुले सानैदेखि असल समाजसेवक र शिक्षा सेवीको रुपमा चिनेको बताए । दावाली मिलन क्लवका अध्यक्ष रोशन श्रेष्ठले फाउण्डेसनको अभियानमा आफ्नो सक्रिय साथ सहयोग रहने बताए ।

त्यस्तै पुर्व सचिव चन्द्र घिमिरेले शोकलाई शक्तिमा बदलेर सक्रिय समाज सेवा   गर्नुपर्ने बताए । संस्थाका सचिव राजेन्द्र ढकालले संचालन गरेको उक्त कार्यक्रममा कोटेश्वरका समाजसेवी कृष्णमुरारी कोइराला, नवराज गौतम तथा कार्यक्रमका जेष्ठ सदस्य राजेन्द्र ढकाल समेतले स्व. ढकालको सामाजिक सेवा र जेष्ठ नागरिक हकहितका लागि गरेको योगदानको चर्चा गरेका थिए ।

आयोजकका अनुसार तत्काल उक्त फाउण्डेसनले काठमाडौं, विराटनगर र भोजपुरमा आफ्ना क्रियाकलापहरू संचालन गर्ने छ । उक्त कार्यक्रममा समाजसेवी उद्योगी व्यावसायी प्रशासक राजनीतिज्ञ लगायतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्