१० साउन २०८३, आइतबार

अर्को वर्षसम्ममा उत्तर कोरियाले अमेरिकामा आणविक क्षेप्यास्त्र प्रहार गर्न सक्ने

कात्तिक २०, २०७४
अर्को वर्षसम्ममा उत्तर कोरियाले अमेरिकामा आणविक क्षेप्यास्त्र प्रहार गर्न सक्ने
काठमाडौं, १२ पुस — उत्तर कोरियाका निरंकुश शासक किम जोङ–उनले अमेरिकामाथि आणविक हमला गर्नसक्ने क्षमताको क्षेप्यास्त्र आगामी वर्षमा तयार पारिसक्ने दाबी गरिएको छ ।


शक्तिमा आएदेखि किमले आफ्नो देशको आणविक हतियार कार्यक्रम बलियो बनाउँदै लगेका छन् ।

प्योङयाङले आणविक क्षेप्यास्त्र तयार पार्न लगाउने समयलाई अरूले यसअघि महत्व दिएका थिएनन् । विज्ञहरूका अनुसार किमलाई निःशस्त्रीकरण गर्ने काम अब आएर असम्भवप्रायः छ ।

एकवर्षभित्र ३५ सय माइल पर मार हान्न सक्ने क्षेप्यास्त्र उत्तर कोरियाले बनाइसक्ने बताइएको छ ।

यो सही हो भने उत्तर कोरियाले गुआमस्थित अमेरिकी जल र वायुसेनाका अखडामा प्रहार गर्न सक्छन् । यसका साथै दक्षिण कोरिया, जापान र दक्षिणपूर्वी एसिया पनि उनको निशानामा हुन सक्छन् ।

उत्तर कोरियाको यही कदमलाई विचार गर्दै अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्रबाट सुरक्षा गर्ने प्रविधि आठदेखि १० महिनामा स्थापित गर्ने लक्ष्य लिएको छ ।

द सन

salt training

कमेन्ट गर्नुहोस्