प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोही माया शेर्पालाई अन्नपूर्ण र धवलागिरि हिमाल सफल आरोहणको कामनासहित बिदाइ गरेका छन् ।
सगरमाथासहित पाँच उच्च हिमशिखरको सफल आरोहण गरिसकेकी मायालाई ओलीले राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका हुन् ।
'सगरमाथासहित पाँच उच्च हिमशिखरको सफल आरोहण गरिसक्नुभएकी आरोही माया शेर्पालाई अन्नपूर्ण र धौलागिरि हिमालको सफल आरोहणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,' तस्वीर सहित प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।
हेर्नुहोस्, प्रधानमन्त्री ओलीको ट्वीट :
सगरमाथा सहित पाँच उच्च हिमशिखरको सफल आरोहण गरिसक्नु भएकी आरोही माया शेर्पालाई अन्नपूर्ण र धौलागिरि हिमालको सफल आरोहणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । pic.twitter.com/s8Rssry9cz
— K P Sharma Oli (@kpsharmaoli) March 21, 2021