०३ असार २०८३, बुधबार

कतारमा तलब वृद्धि

चैत ९, २०७७
कतारमा तलब वृद्धि

काठमाडौं । कतारमा चैत ७ गतेदेखि लागू हुनेगरी पारिश्रमिक वृद्धि गरी न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपियाँ) बनाइएको छ। यो लागू भएसँगै कतारमा रहेका नेपालीसहित अन्य आप्रवासी श्रमिक लाभान्वित हुने भएका छन्।
कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले गत छ महिना पहिले नै घोषणा गरे पनि अहिले आएर कार्यान्वयनमा ल्याएको हो। न्यूनतम तलब सुविधा अहिले अनिवार्य कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याए पनि कतारमा पाँच हजारभन्दा बढी कम्पनीले यसअघि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ। अब कतारी रोजगारदाता कम्पनीले कतारमा रोजगारीमा रहेका सबै
आप्रवासी श्रमिकलाई न्यूनतम तलब एक हजार रियाल तथा अन्य सुविधा उपलब्ध गराउनु पर्नेछ। नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीहरूले सोहीअनुरूप श्रमिकसँगको रोजगार करारपत्रमा पनि संशोधन गर्नुपर्ने जनाइएको छ। यो लागू भएसँगै कतारमा हाल कार्यरत झन्डै साढे चार लाख नेपाली श्रमिकले लाभ लिनसक्ने छन्। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्