२० असार २०८३, शनिबार

नेपाल बैंकको अगुवाईमा ४ वटा बैंक तथा वित्तीय संस्थाहरुले ठूलो खोला जलबिद्युत आयोजनामा  २ अर्ब ५२ करोड भन्दा बढी लगानी गर्ने

नेपाल बैंकको अगुवाईमा ४ वटा बैंक तथा वित्तीय संस्थाहरुले ठूलो खोला जलबिद्युत आयोजनामा  २ अर्ब ५२ करोड भन्दा बढी लगानी गर्ने

नेपालमा निजीक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागी आवश्यक पर्ने वित्तिय श्रोत जुटेको छ ।

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एन. आर. एन. समेतको मुख्य लगानी रहेको श्री संयुक्त उर्जा प्रा.लि.ले विकाश गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ ।

रु. ३ अर्ब ६० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा रु. २ अर्ब ५२ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि सिन्डकेटेड क्रेडिट फ्यासिलिटिस् एग्रिमेन्ट सम्झौता ऋणीका तर्फबाट संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा. बद्री के.सी. तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहका बिच एक आपसमा हस्तान्तरण गरेका छन्। उक्त अवसरमा सहभागी सम्पूर्ण र्बैक तथा वित्तीय संस्थाका नायब/सहायक प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य उच्चस्तरीय पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा रु. ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. ६६ करोड, सिद्धार्थ बैंकद्वारा रु. ६४ करोड तथा सनराईज बैंकद्वारा रु. ४७ करोड गरी जम्मा रु. रु. २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको बित्तिय प्रबन्ध गरिएको हो ।

नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत  पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी उचित निष्कर्षमा पुगेको र यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने बिचार ब्यक्त गरिन् । 

उनले यस आयोजनाका प्रबद्र्धकहरु आफैमा प्रतिष्ठित व्यक्तित्व तथा व्यवसायी भएको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने र यस अघि दरम  खोला जलबिद्युत आयोजना विकाश गरी निरन्तर रुपमा बिद्युत उत्पादन भईरहेकोे हुँदा उनीँहरुको कार्यको जाँच भैसकेको, यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने विश्वास प्रकट गरिन् ।  

सम्झौता कार्यक्रममा डेभलपर संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा. बद्री के.सी.ले यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताकासाथ गरेको कार्यको सह्राना गर्नुहुदै सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार ब्यक्त गरे । साथै उनले निमार्ण कार्यलाई चुस्त दुरुस्त पारी यस ठूलो खोला जलबिद्युत आयोजनालाई नमुनाको रुपमा समय र कम लागतमा निमार्ण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्