
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमवार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक राखिएको छ ।
कांग्रेस पदाधिकारी बैठक मुख्यतः पार्टीको १४ औं महाधिवेशनको एजेण्डामा केन्द्रित हुने एक सदस्यले जानकारी दिए ।
आगामी वर्षको भदौमा कांग्रेसले महाधिवेशनको तयारी गरेको छ ।
बैठकमा सरकार गठन लगायत समसामयिक विषयमा छलफल हुने स्रोतले बतायो ।
पदाधिकारी बैठकको पूर्वसन्ध्यामा हिजो रामचन्द्र पौडेल पक्षधर नेताहरूको छुट्टै बैठक बसेको थियो ।