०३ असार २०८३, बुधबार

मणिकाधाम मेलाका लागि भोलि सार्वजनिक बिदा

मणिकाधाम मेलाका लागि भोलि सार्वजनिक बिदा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भोलि मंगलवार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको ८ नम्बर वडास्थित मणिकाधाम वैजनाथ मन्दिरमा मेला लाग्ने भएकाले बिदा दिइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले जारी गरेको सूचनामा लेखिएको छ, ‘मणिकाधाम वैजनाथ मन्दिरमा समिति २०७७/१२/९ र १० गते लाग्ने मेलाको अवसरमा शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरूमा मिति २०७७/१२/१० गतेका दिन सार्वजनिक बिदा दिन मिति २०७७/१२/६ को कार्यपालिकाबाट निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्