२३ असार २०८३, मंगलबार

विवादित बोलीमा फसेका मुख्यमन्त्रीलाई पार्टी नेतृत्वबाट बोलावट, फेरबदल होला ?

चैत ९, २०७७
विवादित बोलीमा फसेका मुख्यमन्त्रीलाई पार्टी नेतृत्वबाट बोलावट, फेरबदल होला ?

बिग्रिएको छवि सुधार्ने उद्देश्यले नयाँ बनाइएका मुख्यमन्त्री नै एकपछि अर्काे विवादमा फस्न थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वले उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतलाई राजधानी नयाँदिल्ली बोलाएको छ ।

यसअघि नयाँ दिल्ली बोलाइएका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले राजीनामा दिनुपरेको थियो । नयाँ मुख्यमन्त्री तीरथसिंह सोमवारदेखि ४ दिने दिल्ली भ्रमणमा पुगेका छन् ।

दिल्लीमा रहँदा मुख्यमन्त्री रावतले पार्टी नेतृत्व सँगसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पछिल्लो पटक २० बच्चा किन नजन्माएको भन्ने विवादित बयानका कारण मुख्यमन्त्री तीरथसिंहको आलोचना भइरहेको छ ।

मुख्यमन्त्री बनेपछि रावतले नरेन्द्र मोदीलाई राम–कृष्णसँग तुलना गर्दै भविष्यमा पूजा हुने बताएका थिए । त्यसपछि महिलाले लगाउने फाटेको जिन्स पाइन्टको आलोचना गरेको भिडियो भाइरल भएपछि रावतको आलोचना भएको थियो ।

विवादित बयानले नयाँ मुख्यमन्त्रीको आलोचना हुनुका साथसाथै पार्टीलाई समेत क्षति पुग्ने भएकाले नयाँ मुख्यमन्त्री समेत फेरबदल हुनसक्ने चर्चा राजनीतिक वृत्तमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यो पनि पढ्नुहोस् –

मुख्यमन्त्रीको अनौठो बोली : २० बच्चा जन्माउनेलाई १ क्वीन्टल चामल !

salt training

कमेन्ट गर्नुहोस्