०२ असार २०८३, मंगलबार

सकेट बम सेनाको टोलीले गर्‍यो निष्क्रिय

चैत ९, २०७७
सकेट बम सेनाको टोलीले गर्‍यो निष्क्रिय
प्रतिकात्मक तस्वीर

कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रवार सकेट बम फेला परेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार नाला खन्ने क्रममा बम फेला परेको हो । आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको बम कालिरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

सोमवार बिहान १० बजे बम निष्क्रिय भएपछि सडकमा आवागमन नियमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्