०३ असार २०८३, बुधबार

अमेरिकी निर्वाचनमा रुसको संलग्नता : ट्रम्पले नियुक्त गरे वकिल

कात्तिक २०, २०७४
अमेरिकी निर्वाचनमा रुसको संलग्नता : ट्रम्पले नियुक्त गरे वकिल

काठमाडौं, १० जेठ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसको कथित संलग्नता तथा ट्रम्पको निर्वाचन अभियानसँगको सम्पर्कका विषयमा चलिरहेको अनुसन्धानमा आफ्नो प्रतिनिधित्वका लागि अधिवक्ता मार्क कासोविट्जलाई नियुक्त गरेका छन् ।


ट्रम्पले न्यु योर्कका यी अधिवक्तासँग एक दशकभन्दा बढी समयदेखि सेवा लिइरहेका छन् ।

अघिल्लो हप्ता एफबीआईका पूर्वनिर्देशक रोबर्ट म्युलरलाई डिपार्टमेन्ट अफ जस्टिसको अनुसन्धानको विशेष काउन्सेल नियुक्त गरिएको थियो ।

ट्रम्पले आफ्नो अभियान र रुसका बीच कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

तर अमेरिकी जासूसी संस्थाहरूले निर्वाचन परिणाम ट्रम्पको पक्षमा पार्नका लागि मस्कोले कोशिश गरेको विश्वास गर्दै आएका छन् ।

कासोविट्ज र ह्वाइट हाउसले यो नियुक्तिका सम्बन्धमा कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्