०२ असार २०८३, मंगलबार

परिचित जस्तो लाग्ने युवतीको फोन आइरहेको छ ? होसियार !

चैत १०, २०७७
परिचित जस्तो लाग्ने युवतीको फोन आइरहेको छ ? होसियार !

काठमाडौँ । परिचित जस्तो लाग्ने युवतीले बारम्बार फोन गरी  भेट्न  बोलाइरहेकी  छिन्  भने होस्  पु¥याउनुहोला।  अन्यथा  ‘हनी ट्रयाप’को सिकार हुन सक्नुहुने छ। पछिल्ला समयमा साथीसङ्गीले जस्तै  मीठो  शैलीमा  उत्तेजित  गफ गरी  फकाइफुल्याई  होटल  लज, गेस्टहाउस,   रिसोर्ट   र   एकान्त स्थानमा भेट्न बोलाई पुरुषलाई ठगी गर्ने प्रवृत्ति (हनी ट्र्यापिङ)का घटना बढ्न थालेका छन्।

विशेषगरी     आर्थिक     एवं सामाजिक  पहुँच  र  प्रतिष्ठा  भएका पुरुषको पहिचान गरी भेट्न बोलाउने तथा सोही भेटमा भएका अन्तरङ्ग क्रियाकलाप  र  संवाद  रेकर्ड  गरी लाखौँ रुपियाँ ‘बार्गेनिङ’ हुने गरेको जानकारी प्रहरीले दिएको छ। हनी   ट्र्यापिङमा   गिरोहबाट १२   जना   पुरुष   पीडित   बनेका छन्।  महानगरीय  प्रहरी  अपराध महाशाखाका  प्रमुख  वरिष्ठ  प्रहरी उपरीक्षक    चन्द्रकुवेर    खापुङले हनी  ट्र्यापिङको  अभियोगमा  चार महिलासहित  एक  पुरुषलाई  पक्राउ गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्