
नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ। पटकपटक संशोधन हुँदै आएको महाधिवेशनको कार्यतालिका हेरफर गर्न कांग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सदस्यता छानबिन समितिको बैठकले संशोधित कार्यतालिका प्रस्ताव गर्न सदस्यता छानविन समितिलाई नै आग्रह गरेको छ। सोमबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मात्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भएपछि पदाधिकारी बैठकले अन्तिम मितिलाई कायमै राख्दै महाधिवेशनको संशोधित कार्यतालिका ल्याउन रमेश लेखक नेतृत्व समितिलाई भनेको हो। नागरिक दैनिकमा खबर छ ।