×

NMB BANK
NIC ASIA

चुनौती भुलेर मस्त निद्रामा नियामक

सिंहदरबार असुरक्षित पार्ने भवन : गृह भन्छ- कारवाही गर्नुपर्छ, प्रम कार्यालय भन्छ– थाहा छैन !

चैत १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुरक्षा चुनौती हुने गरी ठडिएको ११ तल्ले भवनलाई कारवाही गर्न पठाएको सिफारिश प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २० महिनादेखि अड्काएर राखेको पाइएको छ । 

Muktinath Bank

लोकान्तरले २०७६ साउन २१ मा ‘प्रधानमन्त्री कार्यालय समेत निगरानी गर्न सक्नेगरी ठडियो निजी भवन, सिंहदरबारमै सुरक्षा चुनौती’ शीर्षकमा समाचार छापेपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा सरकारले अध्ययन तथा सुझाव समिति गठन गरको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययन तथा अनुगमनपश्चात २०७६ भदौ १९ गते उक्त समितिले भवन बनाउने इमेरो प्लाजा प्रा.लि. र अनुमति दिने काठमाडौं महानगरपालिकालाई कारवाही गर्न गृहमन्त्रायलाई सिफारिश गरेको थियो ।  


Advertisment
Nabil box
Kumari

समितिले संवेदनशील स्थानवरपर बनेका अग्ला भवन सुरक्षाका दृष्टिले अनुपयुक्त र त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

Vianet communication
Laxmi Bank

त्यो प्रतिवेदन प्राप्त भएपछि गृहमन्त्रालयले प्रतिवेदन बमोजिम कारवाहीका लागि सिफारिश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । 

‘प्रतिवेदन गृहले पाएलगत्तै हामीले कारवाहीका लागि प्रधानमन्त्री कार्यालयमा पठाएका थियौं,’ प्रवक्ता बुढाले लोकान्तरसँग भने, ‘अहिलेसम्म केही जवाफ आएको छैन ।’

मन्त्रालयले २०७६ भदौमै प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाएको थियो । 

‘किन रोकियो थाहा छैन तर २०७६ भदौमै पठाएको प्रतिवेदनको अहिलेसम्म पनि प्रतिक्रिया आएको छैन,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘२० महिना पुगिसक्दा पनि प्रधानमन्त्री कार्यालयले कुनै प्रक्रिया अगाडि बढाएको छैन ।’ 

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता शंकर नेपालले त्यस्तो कुनै पनि कारवाहीका लागि सिफारिश आएको जानकारी नभएको बताए । 

‘गृहले त्यस्तो कुनै सिफारिश गरेको जानकारीमा छैन,’ प्रवक्ता नेपालले लोकान्तरसँग भने, ‘यदि केही रहेछ भने हेरौंला ।’

सामान्यतया देशका संवेदनशील क्षेत्रवरपर त्यसलाई असर पर्ने गरी भवन निर्माण गर्न पाइँदैन । तर यस्ता विषयमा पनि प्रधानमन्त्री कार्यालय गैरजिम्मेवार रहेको देखियो ।

काठमाडौं महानगरपालिकाले व्यावसायिक कम्पनी इमेरो प्लाजाले २०७० पुस २९ गते नक्सा स्वीकृतिका लागि काठमाडौं महानगरपालिकामा फाइल पेश गरेको थियो ।

२०७० फागुन २० गते सरजमिन गरी महानगरले २०७१ वैशाख २ गते डीपीसीसम्मको नक्सा पास गरेको थियो । २०७३ भदौ १७ गते भवन बनाउने इजाजतपत्र स्वीकृत गरिएको थियो । 

अहिले उक्त भवनमा विभिन्न समारोह, सभा, कार्यक्रमहरू सञ्चालन भइराखेका छन् । भवनको २ तल्लाबाट संघीय प्रशासनिक प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा सजिलै निगरानी गर्न सकिन्छ । 

११ तल्ले सो निजी भवनबाट जिल्ला प्रशासन कार्यालयनजिकै छ । 

त्यतिमात्र होइन पर्खालभित्र सम्मुखमा नै सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग पनि छ । जसले देशको सुरक्षा अवस्थाको चुनौतीलाई विश्लेषण गर्छ, उसैका अगाडि सुरक्षा चुनौतीका हिसाबले संवेदनशील हुने गरी ११ तल्ले भवन ठडिएको छ ।

त्यो भवनबाट देशको कार्यकारी प्रमुखले कार्य सम्पादन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अधिकांश मन्त्रालयहरूको सजिलै निगरानी गर्न सकिन्छ ।

सिंहदरबार परिसरभित्र समेत ५ तल्लाभन्दा माथिको भवन बनाउन पाउने व्यवस्था छैन, तर पर्खालैबाहिर १०२ फिट उचाइको भवन ठड्याउन काठमाडौं महानगरपालिकाले इजाजत दिएको छ ।

भवनमा बेस क्याम्प क्याफे सञ्चालनमा रहेको छ । त्यही ठाउँमा सरकारी निकायका कार्यक्रमहरू समेत भइराखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x