०३ असार २०८३, बुधबार

अस्ट्रेलियाको संसद् भवनमा अश्लील गतिविधि हुने गरेको खुलासा

चैत १०, २०७७
अस्ट्रेलियाको संसद् भवनमा अश्लील गतिविधि हुने गरेको खुलासा

अस्ट्रेलियाको संघीय संसदमा यौन गतिविधिहरूमा संलग्न सरकारी कर्मचारीहरूको तस्वीर र भिडियो लीक गरिएको छ । 

त्यसअघि एक महिलाले संसद् परिसरमा आफूमाथि यौन शोषण गरिएको आरोप लगाएकी थिइन् । सरकारका शीर्ष अधिकारीलाई यसको जानकारी भए पनि उनीहरूले आरोपितमाथि कुनै कारवाही नगरेको उनले बताइन् । 

उनको खुलासापछि अस्ट्रेलियामा यौन हिंसाविरुद्ध प्रदर्शनहरू भएका छन् । 

अस्ट्रेलियाको पत्रिका दी अस्ट्रेलियन र च्यानल १० ले संसदमा यौन गतिविधिको भिडियो सार्वजनिक गरेका हुन् । भिडियो एक सूचनादाताले उपलब्ध गराएका हुन् । 

भिडियो सार्वजनिक भएपछि अस्ट्रेलियामा महिला तथा आम जनताले सरकारको विरोध चर्काएका छन् । सरकारले समयमै कारवाही नगरेको भन्दै मानिसहरू आक्रोश व्यक्त गरिरहेका छन् ।

टम नामक ह्विसलब्लोअरले मिडियालाई जानकारी गराएअनुसार, सरकारी कर्मचारी र स्टाफ संसद्को प्रेयर रूमलाई यौनकर्मका लागि उपयोग गर्छन् । यौनकर्मीहरूलाई पनि संसद् भवन ल्याउने गरिएको छ । 

कर्मचारीहरूको समूहले एकअर्कासँग निजी तस्वीर शेयर गर्ने गर्थ्यो भन्दै टमले कुनै कर्मचारीले कानून तोडेको नभए पनि नैतिक रूपमा उनीहरू खोक्रो भइसकेको बताए । 

भिडियो सार्वजनिक भएपछि एक कर्मचारीलाई तत्कालै हटाइएको छ । सरकारले थप कारवाही गर्ने बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्