कर्णालीका जनताले आजसम्म बिजुली बत्ती समेत नपाएको भन्दै सांसद गजेन्द्र महतले नेपाल विकासशील राष्ट्रमा उक्लिन लागेको भन्ने प्रसंगप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद महतले कतै घुस दिएर प्रमाणपत्र किन्न लागेको त होइन भन्दै प्रश्न समेत गरे ।
'संसद्का हत्यारा अनि खानेपानी मन्त्रीको भाषामा 'श्री ५ को सरकार'का मन्त्री के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौं, प्रमाणपत्र आउँदैछ । कसले आँखा चिम्लेर यो प्रमाणपत्र दिँदैछ ? म जान्न चाहन्छु, जुम्ली जनता जान्न चाहन्छन् । कतै घुस दिएर ल्याएको प्रमाणपत्र त हैन, कर्णालीका जनताको ठूलो चासोको विषय छ, सभामुख महोदय,' महतले भने ।
उनले कर्णालीको नक्सा देखाउँदै थपे, 'कर्णालीको नक्सा ल्याएको छु । कर्णालीका जनताले अहिलेसम्म बत्ती पाएका छैनन्, अँध्यारोमै छन् ।'
माओवादी सांसद महतले जुम्लाबाट प्रतिनिधित्व गर्छन् ।