३१ जेठ २०८३, आइतबार

राष्ट्र बैंकको प्रवक्ता बने ढकाल

राष्ट्र बैंकको प्रवक्ता बने ढकाल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) देवकुमार ढकाल नियुक्त भएका छन् । 

मंगलवारदेखि लागू हुने गरी उनी प्रवक्ताको जिम्मेवारीमा रहेका हुन् । 

व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरूमा २५ वर्ष कार्य अनुभव हासिल गरेका ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन् । 

यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई प्रवक्ता तोकिएको हो ।

राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । 

salt training

कमेन्ट गर्नुहोस्