
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार रुपैयाँ घुस लिएको सवडिभिजन कार्यालय कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सो मुद्दा मिलाइदिन्छु भनी घुस लिएको पाइएको छ ।
आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलीले रेञ्जर चौधरी र सीताराम सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष रानालाई घुस रकमसहित केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले बिगोअनुसार कारवाहीको माग गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।