३१ जेठ २०८३, आइतबार

कोरोना जोखिम बढेपछि मलामी संख्या कम गर्न आग्रह

चैत ११, २०७७
कोरोना जोखिम बढेपछि मलामी संख्या कम गर्न आग्रह
प्रतिकात्मक तस्वीर

विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी संख्या कम गर्न आग्रह गरेको छ ।

समितिले सूचना निकालेर कोरोना संक्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो । 

कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि न्यून संख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

‘रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकको सचेत व्यवहारलाई उत्तम मानिन्छ,’ उनले भने, ‘सनातन संस्कृतिका अनुयायीहरूको पावनभूमि देवघाटधाम पनि कोरोना संक्रमणको उच्च जोखिममा छ ।’

अनियन्त्रित संख्यामा मलामीको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कंदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यकरूपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ ।

न्यून संख्यामा मलामी आउन र मलामी अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्