
बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर २ बालकको मृत्यु भएको छ भने २ युवा घाइते भएका छन् ।
जिल्लाको बडिगाड गाउँपालिका–८ मा मंगलवार साँझ चट्याङले लागेर अमरबहादुर सुनारका ९ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा पिकअप भ्यानमा सवार १ बालकको मृत्यु भएको छ ।
काठमाडौंबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका ७ वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
मंगलवारै बडिगाड–४ मा बा२०प २८८० नम्बरको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् । उनीहरू दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।