
अमेरिकाले बहुपक्षीयतामा फर्किने र लोकतन्त्र तथा मानवअधिकारका मूल्यमान्यतामा जोड दिँदै साझेदारी पुनर्निर्माणका लागि प्रयास गरिरहेको छ । अनि अमेरिकी प्रभुत्वलाई अस्वीकार गर्ने मुलुकसँग भिड्नका लागि उसले गुटहरू बनाइरहेको छ ।
यस्तो अवस्थामा चीन र रुसले मौनता तोड्दै बहुपक्षीयता तथा विश्वले अनुपालन गर्नुपर्ने मूल्यमान्यताको परिभाषा दिएका छन् ।
चीनका स्टेट काउन्सिलर र परराष्ट्रमन्त्री वाङ यीले मंगलवार रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभसँग कुराकानी गरेका छन् । चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार, दुई देशबीच रणनीतिक सहमति बनेको छ ।
वाङ र लाभरोभबीच दक्षिण चीनको जिलिनमा भएको ५१औं भेटघाटपछि विश्व शासनका विषयमा संयुक्त बयान जारी गरिएको छ । अलास्का संवादमा चीन र अमेरिकाका शीर्ष कूटनीतिकर्मीहरूले संयुक्त बयान जारी गरेका थिएनन् ।
चिनियाँ विज्ञहरूका अनुसार, चीन र रुसका परराष्ट्रमन्त्रीहरूले विश्व शासनका विषयमा दिएको संयुक्त बयान अमेरिकाले दाबी गरेको ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई ठूलो धक्का हो किनकि यसले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै सबै देशलाई अन्तर्राष्ट्रिय प्रणाली सुरक्षित राख्न तथा अन्तर्राष्ट्रिय कानूनको आधारशिलामा अन्तर्राष्ट्रिय व्यवस्था बनाउन जोड दिएको छ ।
विश्लेषकहरूका अनुसार, अमेरिकाले अन्तर्राष्ट्रिय व्यवस्था र सार्वभौम मूल्यमान्यताको आफ्नै परिभाषा उपयोग गर्दै आफ्नो प्रभुत्व विस्तारका लागि अन्य मुलुकलाई चलाउने र अनुशासनमा राख्ने गरेको छ । त्यसैले राष्ट्रसंघको सुरक्षा परिषद्का दुई स्थायी सदस्य चीन र रुसले भाष्य तथा नियम निर्माणमा अमेरिकाको एकाधिकारलाई तोड्नका लागि बोल्नुपर्छ अनि अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकीकरणमा जोड दिनुपर्छ ।
दुई परराष्ट्रमन्त्रीले दुई देशबीचको व्यावहारिक सहकार्यले आर्थिक तथा सामाजिक विकासलाई बढाएकोमा सहमति जनाए । उनीहरूबीच अन्तर्राष्ट्रिय सहकार्यले विश्वको स्थिरता तथा सकारात्मक ऊर्जामा योगदान गरेको छ ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका कार्यकारी उपाध्यक्ष रुआन चोङ्जेले संयुक्त वक्तव्यबाट दुई देश क्रमशः बहुध्रुवीय बन्दै गएको विश्वमा विश्वव्यापी न्याय कायम गर्न दृढ रहेको स्पष्ट भएको बताए । अमेरिकाले चाहिँ बहुपक्षीयताको भेषमा आफ्नो विचारधारा अरूमाथि लाद्ने काम गरिरहेको छ र आफ्नो प्रभुत्व कायम गर्न अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ ।
अमेरिकाले प्रतिबन्धको धम्की दिँदै ची र रुसलाई आफ्नै नियममुताबिक खेल खेल्न जोड दिइरहेको भए पनि दुई देशले स्वतन्त्र कूटनीतिक अडान लिने तथा अमेरिकाबाट सहकार्य तथा संवादका लागि खुला दृष्टिकोण राख्ने स्पष्ट पारेका छन्, विज्ञहरूले बताए ।
ग्लोबल टाइम्समा प्रकाशित सामग्री